aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०१ चैत्र २०७८
गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

काठमाडौं । गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि चैत ४ गते देखि १८ गते सम्म बुक क्लोज गरेकाले बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

साथै चैत ३ गते  बिहिवार बिदा रहेकाले बुधवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारीतका लागि कम्पनीले पन्ध्रौं वार्षिक साधारण सभा चैत १८ गते बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान १०ः३० बजे शुरु गर्ने जानकारी दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस