
काठमाडौं । मिमिर्रे माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ६ करोड १४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १०६ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।
१२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी भएको मिमिर्रेले जगेडाकोषमा ९ करोड ५८ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ७७ करोड ५० लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा ७१ दशमलव ६० प्रतिशतले वृद्धि गरी २ अर्ब ४४ करोड २० लाख रुपैयाँ लगानी गरेको छ ।
मिमिर्रे माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ७२ दशमलव २८ प्रतिशतले बढेर १४ करोड ३४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १३४ दशमलव २८ प्रतिशतले बढेर ८ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
मिमिर्रेको निष्कृय कर्जा शुन्य दशमलव ५४ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ५३ प्रतिशत, प्रतिशेयर आम्दानी ४७ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानी अनुपात १८ दशमलव ८३ गुणा, प्रतिशेयर नेटवर्थ १७४ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात ३७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस