काठमाडौं । प्रभु बैंक लिमिटेडले १७ लाख ६२ हजार ९२४ कित्ता संस्थापक शेयर चैत २ गतेदेखि लिलामीमा ल्याएको छ । बैंकले ६ जना सदस्यहरुको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी लिलामीमा ल्याएको हो ।
यसर्थ इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र उल्लेखित शेयर खरिदका लागि बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस