aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंक इन्टरनेशनलको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
सिटिजन्स बैंक इन्टरनेशनलको ७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी शारदा देवी प्रधानको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । 
यो शेयरको न्यूनतम मूल्य रू. १४३ तोकिएको छ । तोकिएको मूल्यको अधिनमा रही आगामी ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने जानकारी बैंकले दिएको छ । निवेदन भने बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा पेश गर्नुपर्नेछ । पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस