काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, भिडियो कलमा आधारित खातासंगै देश वा विदेशमै बसी डिम्याट, मेरो शेयर र सिआरएन पनि अनलाईनबाट नै सुविधा लिन सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो ।
ग्राहकहरूले एनएमबि बैंकमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दा माथी उठेर बैंकसम्म नआईकनै बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन् ।
हालको परिवेशमा यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सहज ढंगले, पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग सेवा प्रदान गर्दछ । यस बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले बैंकको वातावरण मैत्री बैंकिङ्ग प्रति पूर्ण प्रतिबद्धतालाई यस्तो प्रकारको सेवाले परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस