aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विजय लघुवित्तको नाफामा १४९ प्रतिशतले वृद्धि गरी कमायो ६ करोडमाथि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ साउन २०७६
विजय लघुवित्तको नाफामा १४९ प्रतिशतले वृद्धि गरी कमायो ६ करोडमाथि

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ६ करोड २३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४९ दशमलव ८७ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।
    
१९ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी भएको विजयले जगेडाकोषमा ८ करोड ५४ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ५९ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । त्यस्तै कर्जामा ९८ दशमलव ५८ प्रतिशतले वृद्धि गरी २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ । 

विजय लघुवित्तको खुद व्याज आम्दानी ६५ दशमलव ६६ प्रतिशतले बढेर १६ करोड ४० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २ सय प्रतिशतले बढेर ९ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

विजय लघुवित्तको निष्कृय कर्जा १ दशमलव ७५ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ५२ प्रतिशत, प्रतिशेयर आम्दानी २५ दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानी अनुपात २५ दशमलव २९ गुणा, प्रतिशेयर नेटवर्थ १३० दशमलव ८३ रुपैयाँ र तरलता अनुपात ५ दशमलव १५ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस