aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको १५ औ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्यक, लगायतका योजनाहरु सार्वजनिक गरेको हो । 

सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले  पस मेसिन र अनलाईन मार्फत १ हजार वा बढीको कारोबार गर्दा एक मुष्ठ २ सय क्यासब्याक दिइने छ । यसैगरी पहिलो पटक क्यु आर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरुको लागि १ सयको क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ । डिजिटल भुक्तानीको अर्को माध्ययम इ कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधी भरमा इ कम कार्ड लिन चाहानुहुने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने बैंकले जनाएको छ । 

त्यस्तै, ५ लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरुको लागि निःशुल्क डेविट कार्ड, मोबाइल/इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता प्रदान गर्नुका साथै देशभरका कुनै  पनि बैकको ए.टि.एम बाट निः शुल्क रकम निकाल्न सकिने व्यवस्था समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस