aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घर परिवारलाई खाद्यान्न तथा भाडाँकुडा सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७८ फाल्गुण २८ गते जिल्ला  सत्तरी अग्नीसाईर कृष्णासवरन गा.पा.वडा नं.४ टोल टेगंरीमा लागेको आगलागीबाट  सबै जलेर नष्ट भएको ११  घर परिवारलाई खाद्मान्न तथा भाडाँकुडा सहयोग गरेको छ । 

उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन  गा.पा.वडा नं.४ का अध्यक्ष तेज नारायण यादव र बैंकको प्रदेश नं. २ को प्रदेश उप प्रमुख बिनेश ठाकुरको पनि उपस्थितिमा रहेको थियो  । 
    
माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ्ग सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको ।


 

प्रतिक्रिया दिनुहोस