काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड रकम बराबरको ऋणपत्र जारी गर्न एनआईबिएल एसलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस