aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीद्वारा ग्रीन इनर्जीको प्रवद्र्धनमा जोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीद्वारा ग्रीन इनर्जीको प्रवद्र्धनमा जोड

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका लागि सांकेतिक संन्देशका लागि साइकल यात्रा गरेको छ ।  इन्धन खपत घटाउने समग्र देशको प्रयासमा केही इँटा थप्ने उद्देश्यले बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आवात जावत गर्दा साईकलको प्रयोग गर्न तथा हिंडेर कार्यालय आवत जावतगर्न उत्पे्ररित गर्न साइकल र्याली गरेको छ ।  

बैंकले इन्धन खपत घटाउने उद्देश्यले नै सकेसम्म चार पांग्रे सवारी साधन प्रयोग गर्दा एक्लै यात्रा नगरी अन्य कर्मचारीहरुलाई समेत सोही साधनमा यात्रा गराउन कर्मचारीहरुलाई उत्पे्ररित गरेको छ ।  त्यस्तै, सो सम्भव नभएको अवस्थामा सकेसम्म चार पांग्रे सवारी साधनको सट्टा दुई पांग्रे सवारी साधनको प्रयोग गर्न वार्सजनिक सवारी साधनको प्रयोग गरेर कार्यालय आवतजावत गरी इन्धनखपत घटाउने पनि आवहान गरेको छ । 

बैंकले विद्युतिय सवारी साधन खरिद तथा प्रयोगमा वृद्धि ल्याउन सोही अनुसार सवारी साधन कर्जा सम्वन्धि प्रोडक्ट पेपरहरुमा परिमार्जन गरी सो प्रोडक्ट पेपरको प्रवद्र्धन गर्न नीति समेत लिएको बैकले जनाएको छ ।  उद्देश्यका साथ क्बखभ ँगभ िऋजबििभलनभ भन्ने नाराका साथ बैंक अगाडि बढेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस