aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ चैत्र २०७८
एभरेष्ट बैंकद्वारा थिमी र काँडाघारीमा नयाँ शाखा सञ्चालन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउनका लागि भक्तपुरको थिमी र काठमाडांैको काँडाघारीमा आफ्नो नयाँ शाखाहरु २ चैत्र, २०७८मा उद्घाटन गरेको छ ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका सञ्चालक  नबीन भक्त श्रेष्ठ र थिमी नगरपालिकाका, मेयर मदन सुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन् । त्यसैगरी,काँडाघारी शाखाको उद्घाटन बैंकका सञ्चालक नबीन भक्त श्रेष्ठ र कागेश्वरी मनहरानगरपालिकाका, मेयर कृष्णहरि थापाले संयुक्त रुपमा गरेका छन्। उक्त उद्घाटन समारोहमा एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशव राज पौड्याल रहेका छन । 

 बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । यसै उद्घाटन समारोहमा सञ्चालक नबीन भक्त श्रेष्ठले थिमी र काँडाघारीका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन काव्य क्तगरेका छन् । 

स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो ११२ शाखा संजाल, प्रादेशिक कार्यालय , १४५ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइलर इन्टरनेटर एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवादिदै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस