aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

२७ वाणिज्य बैंकको नाफा औषत १८ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ चैत्र २०७८
२७ वाणिज्य बैंकको नाफा औषत १८ प्रतिशतले वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघमा वाणिज्य बैंकहरूको नाफा औसत १८ दशमलव ५२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पुससम्मको तुलनामा माघमा मात्र २७ वाणिज्य बैंकको नाफा ६ अर्ब ४ करोड रुपैयाँले वृद्धि भएको हो ।  

यी बैंकहरूले पुस मसान्तसम्म ३४ अर्ब २० करोड रुपैयाँ नाफा कमाएकामा माघमा नाफा वृद्धि भएर ४० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । एक महिनाको अवधिमा यो बैंकले नाफा ३८ प्रतिशतले वृद्धि गरेको छ । पुससम्म ७४ करोड ३४ लाख नाफा कमाएको यो बैंकले माघसम्म नाफ वृद्धि गरेर १ अर्ब २ करोड रुपैयाँ पु¥याएको छ । 
एक महिनामा नाफा १० प्रतिशत पनि वृद्धि नहुनेमा मेगा र कृषि विकास बैंक रहेका छन् । मेगा बैंकको नाफा पुससम्मको तुलनामा माघमा ६ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा कृषि विकास बैंकको नाफा ४ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । 

मेगा बैंकले पुस मसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो भने माघसम्म यो नाफा १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । 

त्यस्तै कृषि विकास बैंकले चालू आवको पुससम्म १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको थियो । माघ महिनामा यो बैंकले थप ६ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ । योसँगै चालू आवको माघ मसान्तसम्मको बैंकको नाफा १ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ । 


 

प्रतिक्रिया दिनुहोस