
काठमाडौं । हाथवे फाइनान्स लिमिटेडको चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा २ करोड ४८ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा नाफा ५६ दशमलव १६ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ६६ लाख रुपैयाँ कमाएको थियो ।
३० करोड रुपैयाँ चुक्ता पुँजी भएको हाथवेको जगेडाकोषमा ७ करोड ६४ लाख रुपैयाँ नेगेटिभमा राखिएको छ । जसले कर्जामा ३४ करोड ७३ लाख रुपैयाँ लगानी गरेको छ ।
हाथवे फाइनान्सको खुद व्याज आम्दानी २१ दशमलव २१ प्रतिशतले घटेर २ करोड ६३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षभने नोक्सानमा रहेको थियो ।
हाथवे फाइनान्सको निष्कृय कर्जा २ दशमलव ४६ प्रतिशत, जोखिम युक्त सम्पत्ति ४० दशमलव ८८ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव २८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ७६ गुणा, तरलता अनुपात ४७ दशमलव ०७ प्रतिशत र प्रतिशेयर नेटवर्थ ७४ दशमलव ५२ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस