aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

नारायणी डेभलपमेण्ट बैंकको अवितरीत हकप्रद शेयरको चैत १० देखि लिलामी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
नारायणी डेभलपमेण्ट बैंकको अवितरीत हकप्रद शेयरको चैत १० देखि लिलामी

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले चैत १० गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । कम्पनीले गत पुस ७ गतेदेखि माघ १२ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फको १३ हजार ६५१ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि चैत १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आईएमई बैंकका शाखा कार्यालय विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी, महेन्द्रनगरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस