aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सिटिजन्स बैंकले शुरु गर्यो ई–केवाईसी सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ चैत्र २०७८
सिटिजन्स बैंकले शुरु गर्यो ई–केवाईसी सेवा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ई–केवाईसी सेवा संचालनमा ल्याएको छ । बैंकले डिजिटल बंैकिङ्ग सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औं वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ई–केवाईसी सेवा संचालन गरेको हो । 

यो सेवा उपयोग गर्न, बैंकको वेवसाइट र मोबाइल बैंकिङ्ग एपमा उपलब्ध गराईएको लिङ्कमा गएर ग्राहकहरुले आफ्नो खाताको केवाईसी विवरणहरु बिना झन्झट अपडेट गर्न सक्ने छन् । आफ्नो केवाईसी फर्म अपडेट गर्नु अघि ग्राहकहरुले निश्चित भ्यालिडेसन प्रकृया पूरा गर्नु पर्र्ने हुन्छ । 

यो अनलाइन सेवाको प्रयोग गरि ग्राहकहरुले बैंकको शाखा जानु पर्ने झन्झटबाट मुक्त भई जुनसुकै ठाउँबाट मोवाईल वा कम्प्युटरको माध्यमबाट कुनै पनि समय केवाईसी अध्यावद्यिकको निवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस