
कमाठडौं । सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिका बिच आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिका भित्र रहेका घरेलु कृषिक्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानिय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ, भने उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपुर्ण कृषिकर्जा प्रदान गर्ने छ ।
उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतले यो सम्झौतालाई नमुना योजनाको रुपमा लिंदै यसलाई आगामी दिनमा देशका अन्य ग्रामिण क्षेत्रमा बिस्तार गर्दै लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस