aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ चैत्र २०७८
ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा २८९औ शाखा कार्यालय सञ्चालनमा आएको छ । साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो । 

सोमबार बागलुङ जिल्लाका ेबागलुङ नगरपालिका – १४, बलेवा नारायण स्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठक, बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल संयुक्त रुपमा उद्घाटन गरेका थिए । 

साथै उक्त कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल र जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञावली समेतको उपस्थिति रहेको थियो । यस्तै, एटीएम काउण्टरको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष् ायुवराज राजभण्डारी र पर्वतउद्योग बाणिज्य संघका अध्यक्ष गोपीनाथ मैनालीको पनि उक्त कार्यक्रममा सहभागीता रहेको थियो । बागलुङको वलेवा नारायण स्थान शाखाले पनि स्थानीय जनतालाई बैंकिङ सेवा  दिने उदेश्यका साथ नयाँ शाखा स्थापना गरिएको बैंकका अध्यक्ष ढकालले बताए । 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८९ शाखा, २५४ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाइए सेवाप्रदान गरिरहेको बैंकले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस