aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० चैत्र २०७८
कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने

चितवन ।  चितवन एक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । जुन चैत १२, २०७८ सम्म सञ्चालन हुनेछ । बुधबार एक कार्यक्रमकाबीचमा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौड्यालले उद्घाटन गरेका छन् । उक्त कार्यक्रममा बोल्दै पौड्यालले निक्षेपकर्ताको पैसा सुरक्षितभएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए । 

“नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुखकार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिनभोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुनदिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानीनगरेको भएयति परिवर्तन नहुने दाबी गरे । 

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभावपारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभावभन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्नेगरि मुल्यश्रृंखला निमार्ण गरौं, बैंकले कृषिमा लगानी गर्छन् ।”

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए । शाहले आफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदातपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भएकिनयुवाविदेश जानुप¥थ्यो, । घरजग्गा र सेयरमाकर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्नभन्ने गरेको सुनिन्छ, उनले सुनाए ।
 
“नबिल बैंकले ‘नबिलदिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केहीहँुदैन बीज चाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिज भए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छभन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनिचाहिने रहेछ भन्ने गुनासो आयो ।” 

बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए ।“अब त्यो ‘इको  सिस्टम’ बनाउन बैंकहरु अगाडी बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिए पनि पछि हट्दैन । तर, हामी सावाँ र थारै ब्याज उठ्छभन्ने वातावरण देख्न चाहन्छौं ।”

प्रतिक्रिया दिनुहोस