
काठमाडौं । देवः विकास बैकले बाँके जिल्लाको खजुरा गाउँपालिका धिया स्थित पशुपति माध्यामिक विद्यालय र चमकदरपुर स्थित मदरसा नुरगाजि रजाउलुलुममा अध्ययनरत विभिन्न समुदायका २०० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री राख्नका लागि स्कुल व्याग वितरण गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत उक्त सहयोग गरेको हो ।
स्थानीय वडाका जनप्रतिनिधिज्यूहरु, स्थानीय संघसंस्थाका प्रतिनिधि, अविभावक, विद्यालयका कर्मचारीज्यूहरुको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशाराम थारु तथा बैंकका खजुरा शाखाका शाखा प्रबन्धक मुकेश राज जोशीले व्याग वितरण गरेका थिए ।
बैकको यस सहयोगबाट उक्त विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक सामाग्री सुरक्षित भई अध्ययनमा सहज हुने एवं सवल नागरिक निर्माणमा सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको छ ।
प्रतिक्रिया दिनुहोस