काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राविधिक कर्मचारीको माग गरेको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै प्राविधिक पदमा ६ जना कर्मचारी माग गरेको हो ।
उक्त सूचना अनुसार अधिकृत (सिक्का, मुद्रण÷टकमरी) र अधिकृत (टाइपिष्ट, डिजाइनर तथा कम्पाइलर) करारमा लिन दरखास्त आह्वान गरिएको छ । इच्छुक आवेदकले चैत्र २४ गतेभित्र आवेदन दिन सक्नेछन् ।
दुबै पदका लागि ४५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । आवेदन दिनका लागि नेपाल राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागको वेवसाइडमा जान सकिन्छ ।


प्रतिक्रिया दिनुहोस