aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
एनएमबि बैंकको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक तर्फको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले विजय बाबुु श्रेष्ठको नाममा रहेको उक्त शेयर चैत ११ गतेदेखि विक्रीमा ल्याएको हो । 

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालयमा निवेदन पेश गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुलाई बैंकले आग्रह गरेको छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस