aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै उक्त कोषमा रहेको तीन अर्ब ४५ करोड रुपैयाँ रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको हो । 

राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ५१ करोड ७५ लाख, ‘ग’ वषर््का राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १७ करोड २५ लाख रुपैयाँ गरि तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ । 

राष्ट्र बैंकबाट इजाजत प्राप्त विभिन्न शर्तहरु पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुबाट तोकिएको सिमाभित्र रही आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम तथा उक्त रकम लिनका लागि प्रस्ताव गरिएको ब्याजदर समेत तोकेको फारम भर्न सकिनेछ ।  

No photo description available.

 

No photo description available.

प्रतिक्रिया दिनुहोस