aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एभरेष्टले नाफा १७ प्रतिशतले बढायो, ईपीस ३७ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
एभरेष्टले नाफा १७ प्रतिशतले बढायो, ईपीस ३७ रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आव २०७५र७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १७ दशमलव ९८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ अर्ब ५८ करोड १६ लाख रुपैयाँ कमाएको थियो ।

८ अर्ब १० करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको एभरेष्ट बैंकको, प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, रिटर्न अडिङ्ग २ अर्ब १८ करोड ८० लाख रुपैयाँ र जगेडामा ७ अर्ब १० करोड ५ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा १२ दशमलव १७ प्रतिशतले वृद्धि गरी १ खर्ब २९ अर्ब ५५ करोड ५ लाख रुपैयाँ संकलन गरी कर्जामा १ खर्ब ४ अर्ब ५६ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको तुलनामा कर्जा १६ दशमलव २८ प्रतिशतले वृद्धि गरेको छ ।

एभरेष्ट बैंकको खुद व्याज आम्दानी १५ दशमलव ७५ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १८ दशमलव १८ प्रतिशतले बढेर ४ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकको निष्कृय कर्जा शुन्य दशमलव १६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ७५ प्रतिशत, कोषको लागत ६ दशमलव २१ प्रतिशत, सिसिडि रेसियो ७५ दशमलव ०७ प्रतिशत, आधार व्याजदर ८ दशमलव १२ प्रतिशत र स्प्रेड दर ४ दशमलव २९ प्रतिशत रहेको छ ।

जसको प्रतिशेयर आम्दानी ३७ दशमलव ९५ रुपैयाँ, बजार मुल्य ६६६ रुपैयाँ, मुल्य अनुपात १७ दशमलव ५४ गुणा र नेटवर्थ २१८ दशमलव ६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस