aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ चैत्र २०७८
एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनी वीक–२०२२’

काठमाडौं । “आफ्नो भविष्य निर्माण गर्नुहोस्, पैसाको बारेमा स्मार्ट बन्नुहोस” भन्ने नाराका साथ एभरेष्ट बैंक लिमिटेडले ’ग्लोबल मनी वीक–२०२२’ मनाएको छ । यो विशेष सप्ताहको उपलक्ष्यमा बैंकले सबै प्रदेशमा विद्यालय र कलेजमा वित्तीय साक्षरता, समाजका अप्रयुक्त वर्गका लागि अन्तरक्रियात्मक बैंकिङ शिविर, स्थानीयवासीलाई डिजिटल बैंकिङ सचेतना कार्यक्रमलगायत विभिन्न वित्तीय सचेतना अभियान सञ्चालन गरेको छ । 

एभरेष्ट बैंकसँग हाल लाखौं सन्तुष्ट ग्राहकहरू छन् । हाल बैंकले आफ्ना ११२ शाखा, ३१ राजस्व सङ्कलन काउन्टर, १४५ एटीएम र आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क मार्फत व्यावसायिक र प्रभावकारी बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस