
काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ करोड ५५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४७ दशमलव १८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
१६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको नागबेली लघुवित्तले जगेडाकोषमा १२ करोड ७ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ३३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी ३२ करोड ८४ लाख रुपैयाँ संकलन गरेको छ । जसले कर्जामा ३४ दशमलव ४८ प्रतिशतले वृद्धि गरी ९३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।
नागबेली लघुवित्तको खुद व्याज आम्दानी ५४ दशमलव २३ प्रतिशतले बढेर ९ करोड १३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६१ दशमलव २९ प्रतिशतले बढेर ५ करोड ९ लाख रुपैयाँ पुगेको छ । जसले प्रोभिजनमा ७७ लाख रुपैयाँ छुटाएको छ ।
नागबेली लघुवित्तको निष्कृय कर्जा २ दशमलव ३६ प्रतिशत, जोखिम युक्त सम्पत्ति २८ दशमलव ८९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक २१ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानी अनुपात २७ दशमलव ७५ गुणा, प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ र तरलता अनुपात १६ दशमलव ०९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस