aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ चैत्र २०७८
बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्तको संस्थापक शेयर लिलामीमा

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वामित्वमा रहेको दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर चैत १३ गतेदेखि लिलामीमा आएको छ । बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्तको १ लाख ४९ हजार ८०० कित्ता र छिमेक लघुवित्तको ६ लाख ६ हजार १४० कित्ता संस्थापक शेयर वैशाख १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आएको  हो । 

यस अघि दुबै कम्पनीको उल्लेखित शेयर विक्रीका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी फागुन ५ गतेदेखि चैत ९ गतेसम्मको मिति तय गरिएको थियो । उक्त अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी पुनः विक्री खुला गरिएको हो ।

छिमेक लघुवित्तको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६०० र आरएमडिसी लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ५४० तोकिएको छ । यी शेयर खरीद गर्न इच्छुकहरुले न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था छ । दुबै कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस