काठमाडौं । किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा २ करोड २१ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ८१ दशमलव ४७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड २१ लाख रुपैयाँ कमाएको थियो ।
८ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको किसान माइक्रोफाइनान्सले जगेडाकोषमा ३ करोड ६० लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा २८ दशमलव ८२ प्रतिशतले वृद्धि गरी १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।
किसान माइक्रोफाइनान्सको खुद व्याज आम्दानी ५३ दशमलव ७० प्रतिशतले बढेर ८ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १०७ दशमलव ६९ प्रतिशतले बढेर २ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ ।
किसान माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ७७ प्रतिशत, जोखिम युक्त सम्पत्ति ९ दशमलव ०३ प्रतिशत, प्रतिशेयर आम्दानी २५ दशमलव ७० रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३२ दशमलव ३० गुणा, तरलता अनुपात २८ दशमलव ५९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १४१ दशमलव ८८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस