
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ४ करोड २९ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ७७ दशमलव ५३ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
१० करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको महुलीले जगेडाकोषमा १९ करोड ३१ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा २८ दशमलव ७१ प्रतिशतले वृद्धि गरी ८८ करोड ३४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ३९ दशमलव १९ प्रतिशतले वृद्धि गरी २ अर्ब ६ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।
महुली लघुवित्तको खुद व्याज आम्दानी ५३ दशमलव १२ प्रतिशतले बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६३ दशमलव ४१ प्रतिशतले बढेर ६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ ।
महुली लघुवित्तको निष्कृय कर्जा १ दशमलव ६२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ७९ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक ४२ दशमलव १० रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ९४ गुणा, तरलता अनुपात १७ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १८९ दशमलव ४१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस