
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा ८७ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १ करोड ९३ लाख रुपैयाँ कमाएको थियो ।
१० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको सूर्योदयले जगेडाकोषमा ७ करोड ९५ लाख रुपैयाँ छुटाएको छ । जसले निक्षेपमा ६१ करोड ३९ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १ अर्ब ५६ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ ।
सूर्योदय लघुवित्तको खुद व्याज आम्दानी ६६ दशमलव ६६ प्रतिशतले बढेर १० करोड ५८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६० प्रतिशतले बढेर ४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ ।
सूर्योदय लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ९२ प्रतिशत, जोखिम युक्त सम्पत्ति १२ दशमलव ३९ प्रतिशत, प्रतिशेयर आम्दानी ३३ दशमलव ५१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ६६ गुणा, तरलता अनुपात २० दशमलव ०९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७३ दशमलव ७५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस