aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रभु बैंकको ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
प्रभु बैंकको ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको ८ लाख १६ हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको उक्त शेयर अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यस अघि माघ २७ गते बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको शेयरमध्य वितरण हुन नसकेको उल्लेखित कित्ता शेयर भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको हो । यो शेयर खरीदका लागि आगमी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस