aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्राइम बैंकको १६ प्रतिशत बोनस शेयरका लागि कर तिर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
प्राइम बैंकको १६ प्रतिशत बोनस शेयरका लागि कर तिर्नुपर्ने

काठमाडौं । प्राइम कमर्शियल बैंकको यस वर्षको १६ प्रतिशत बोनस शेयर साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात् कायम शेयरधनीहरुले कर तिरेपछि मात्र पाउने भएका छन् । बैंकले यस वर्ष १६ प्रतिशत बोनस शेयरसँगै शून्य दशमलव ६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको छ । 

तर उक्त कर वापतको नगद २०७६ साल फागुन २८ गतेसम्म कायम शेयरधनीहरुको हकमा मात्र लागू हुने बैंकले जानकारी दिएको हो । उक्त नगद लाभांशबाट विगत आर्थिक वर्षहरुको कर रकम असुल गरि बाँकी रकम मात्र वितरण गर्ने बैंकको भनाई छ । 

प्राइम बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरी फागुन २९ गतेदेखि एकिकृत कारोबार सुरु गरेको थियो । यसर्थ फागुन २८ गतेसम्म कायम शेयरधनीहरुमा बोनस शेयर वापतको कर छुट हुने व्यवस्था रहेकाले बोनस शेयर हितग्राही खातामा जम्मा गरिसकिएको जानकारी बैंकले दिएको छ ।
कर दायित्व भएका शेयरधनीहरुको हकको बोनस शेयर भने कर जम्मा गरेपछि मात्र जम्मा गरिने जानकारी बैंकले दिएको छ ।

कर वापतको रकम भुक्तानी गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धीत आर्थिक वर्ष समेत खुलाउन बैंकले अनुरोध गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस