
काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रक्रिया पूरा गरेर तत्काल बैंकलाई ब्रोकर लाइसेन्स दिन अनुमति दिएको छ । बैंकहरुले सहायक कम्पनी खोलेर उपत्यका बाहिर ब्रोकर सेवा उपलब्ध गराउन सक्नेछन् ।
राष्ट्र बैंकले १० वटा बैंकलाई ब्रोकरको काम गर्न अनुमति दिइसकेको छ । ब्रोकर सेवा उपलब्ध गराउन वाणिज्य बैंकहरु पनि इच्छुक देखिएका छन् । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये १९ वटाले सहायक कम्पनी खोलेर सेयर ब्रोकर सेवा उपलब्ध गराउन अनुमति माग्दै राष्ट्र बैंकमा निवदेन दिएका छन् ।
यसैगरी आवेदन दिएका अन्य बैंकहरुका बारेमा पनि अध्ययन गर्ने कार्य भइरहेको केन्द्रीय बैंकले जानकारी गराएको छ । ब्रोकरको काम गर्न अनुमति पाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमान्डू, एनआइसी एसिया, कुमारी, सिद्धार्थ रहेका छन् । यसैगरी, ग्लोबल आइएमई, जनता, मेगा, सेन्चुरी र सानिमा बैंकले पनि राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन् ।
राष्ट्र बैंकबाट अनुमति पाएका बैंकहरुले अब सहायक कम्पनी खोल्नुपर्नेछ । त्यसपछि नेप्सेले आवश्यक अध्ययन गरी क्रमशः अनुमति दिंदै जानेछ । प्रक्रिया पूरा गरेर आएका बैंकहरुलाई केही समयपछि नै अनुमति दिने तयारी भइरहेको नेप्सेले जनाएको छ ।
ब्रोकरको काम गर्न राष्ट्र बैंकबाट अनुमति पाएका र पाउने क्रममा रहेका बैंकहरु
प्रतिक्रिया दिनुहोस