aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
नेष्डो समृद्ध लघुवित्तको आइपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने

काठमाडौं । आइतवार नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ सूचीकृत भएको छ । कम्पनीको २५ लाख ५० हजार कित्ता आइपीओ सूचीकृत भएको हो । अव शेयर सोमवार देखि कारोबारमा आउनेछन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता रू.२६० दशमलव ८४ देखि ७८२  दशलमव ५२ तोकेको छ ।

 नेप्से पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणा सम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको र संस्थापकहरुको लगानी  रहेको १७ लाख २१ हजार २५० कित्ता शेयर गरेर कुल २५ लाख ५० हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीले फागुन ११ गते देखि १५ गते सम्म ८ लाख २८ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको हो । जसमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीको लागि,४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो । उक्त आईपीआको बाँडफाँट फागुन २४ गते भएको हो ।  

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा पहिलो चरणमा ७७ हजार ४५६ जनाले १० कित्ताको दरले शेयर पाएका थिए ।  बाँकी रहेको तीन कित्ता शेयर दोस्रो चरणमा थप तीन जनालाई एक र एक कित्ताका दरले बाँडफाँट पाएका हुन ।  यसरी हेर्दा कम्पनीको आईपीओ बढी पाउनेले ११ कित्तासम्म पाएका थिए । 


 

प्रतिक्रिया दिनुहोस