काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन,९१ दिन,१८२ दिन र ३६४ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
मंगलवारदेखि जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमवार दिउँसो ३ बजे बोलकबोल हुने जानकारी दिएको छ । राष्ट्रबैंकले २८ दिनका लागि रू. ५ अर्ब र ९१ दिनको लागि रू. ९ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
त्यसैगरी १८२ दिनका लागि रू. ३ अर्ब र ३६४ दिनका लागि रू. ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । ट्रेजर बिल १ वा १ वर्ष भन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो ।
प्रतिक्रिया दिनुहोस