aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

निक्षेप संकलन घट्न थालेपछि विकास बैंक र फाइनान्सले कर्जा दिन छाडे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
निक्षेप संकलन घट्न थालेपछि विकास बैंक र फाइनान्सले कर्जा दिन छाडे

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन घट्दै गएको छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहलाई पनि खुम्च्याएका छन् । 

कतिपय बैंक तथा वित्तीय संस्था अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत आइतबारसम्म बैंक तथा वित्तीय संस्थाबाट ४६ खर्ब ९५ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ भने ४८ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

आइतबार मात्र बैंक तथा वित्तीय संस्थामा २ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्लो दिनको तुलनामा आइतबार विकास बैंक र फाइनान्स कम्पनीको निक्षेप संकलन १ अर्ब रुपैयाँ घटेको छ । तर, उक्त दिन वाणिज्य बैंकहरुले ३ अर्ब निक्षेप संकलन गरी १ अर्ब ऋण प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्सले उक्त दिन कर्जा प्रवाह नगरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यो तथ्यांकले अहिले फाइनान्स कम्पनी र विकास बैंकमा निक्षेप संकलन घट्न थालेको देखाउँछ । 

उक्त दिन वाणिज्य बैंकको कर्जा निक्षेपबीचको अनुपात (सीडी रेसियो) ९० दशमलव ७० प्रतिशत कायम भएको छ । पछिल्ला दिनहरुरूमा सीडी रेसियोमा चाप परेको दिखिन्छ । अघिल्लो दिन सीडी रेसियो ९० दशमलव ७४ प्रतिशत पुगेको थियो । यसले पनि बैंकहरू अहिले ऋण दिन नसक्ने अवस्थामा पुगेको देखाउँछ । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत कायम गर्न भनेको छ । तर, यो वर्ष तरलता अभावले निरन्तरता पाइरहेको अवस्थामा सीडी रेसियोमा दवाव पर्ने बैंकर बताउँछन् । 
 

प्रतिक्रिया दिनुहोस