aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
लक्ष्मी बैंक र लक्ष्मी केयर्सको सहयोग

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौं वसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि  २ लाख ४० हजार रुपैंयाको आर्थिक सहयोग गरेको छ । आर्थिक रुपले विपन्न परिवारका करिब २०० जना विद्यार्थीहरु अध्ययनरत नव आदर्श माध्यमिक विद्यालय सरकारी सहयोगमा समुदायबाट सञ्चालित विद्यालय हो । न्युन पारिवारिक आयका कारण पोषणयुक्त आहारको कमी नहोस भनेर  बैंकले विहीबार उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।

 यसका अलावा बैंकको कर्मचारीद्वारा सञ्चालित लक्ष्मी केयर्स नामक गैर सरकारी संस्थाको माध्यमबाट पचास हजार रुपैयाँ आर्थिक सहयोग पनि प्रदान गरियोक । साथै बैंकको न्युरोड बिजनेस सेन्टरको १२औं वार्षिकोत्सवका उपलक्ष्यमा बिजनेस सेन्टरमा कार्यरत कर्मचारीहरुबाट संकलित दस हजार रुपैयाँ र विद्यार्थीका लागि २० थान विद्यालय पोशाक समेत सहयोगस्वरुप प्रदान गरिएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस