aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

थपियो आरटीजीएस सञ्चालनको समय सीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
थपियो आरटीजीएस सञ्चालनको समय सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ प्रणाली सञ्चालनको समय सीमा बढाईएको जनाएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै आरटीजीएसको समय थप गरिएको जनाएको हो । 

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ– यस बैंकमा स्थापना भई सञ्चालनमा रहेको ‘रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)’ सिस्टम मार्फत सर्वसाधरणले कारोबार गर्न सक्ने समय सीमा आगामी बैशाख २ गतेदेखि लागू हुनेगरि कायम गरिएको हुँदा सम्बन्धीत सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।  

अब यो प्रणाली माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १६ गतेसम्म बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। प्रत्येक शुक्रबार भने आरटीजीएस प्रणाली बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस