
काठमाडाैं । माछापुच्छ्रे बैंकले ग्राहकलाई छुट दिनका लागि काठमाण्डौँको धुम्बाराहिस्थित ह्याम्स र सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालसँग सम्झौता गरेको छ।
बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ्रे बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहकमहानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्ने छन् ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्न प्रकारका सेवा उपभोगमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर गर्दै आएको बताएको छ ।
बैंकले आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।
प्रतिक्रिया दिनुहोस