aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सनराइज बैंक र महिला चेम्बर बीच सहकार्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
सनराइज बैंक र महिला चेम्बर बीच सहकार्य

काठमाडौं। सन्राइज बैंक लिमिटेड तथा नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको महिला चेम्बर अफ कमर्शबीच ब्यापार साझेदार सम्झौता हस्ताक्षर भएको छ ।

सो सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल तथा संघका तर्फबाट अध्यक्ष श्रीमती उर्मिला श्रेष्ठ ले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात् महिला चेम्बर अफ कमर्शमा आवद्ध सम्पुर्ण सदस्यहरुलाई बैंकको तर्फबाट सम्बन्धित विविध कार्यक्रमहरु आयोजना गरि जानकारी उपलब्ध गराइने छ ।

साथै, संघमा आवद्ध महिला आयात/निर्यातकर्ताहरुलाई विद्यमान बैंक¨सुविधाबारे जानकारीमुलक कार्यक्रम गरि उद्यमीहरुका अन्तराष्ट्रिय बजार पहुँच तथा क्षमता विकासमा सहयोग पुग्ने विश्वास लिएको छ ।  

प्रतिक्रिया दिनुहोस