aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कामना सेवा विकास बैंकद्वारा छैठौं र सातौं  शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
कामना सेवा विकास बैंकद्वारा छैठौं र सातौं  शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैठौं र सातौं  शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल चैत्र १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ०९ को आर. के. मोवायल सर्भिस सेन्टरमा छैठौं शाखा रहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोक को ए . वि. मेडिकल हलमा सातौं  शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो  ।  

पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राई ज्यूले आर. के. मोवायल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले ए.वि.मेडिकल हलमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख खिमलाल भुषाल, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो । 

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस