aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यसरी मनाउँदैछ कुमारी बैंकले वार्षिकोत्सव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
यसरी मनाउँदैछ कुमारी बैंकले वार्षिकोत्सव

काठमाडौं । कुमारी बैंक लिमिटेडले यही चैत्र २० गते २० औं वर्ष पूरा गरी २१ औं वर्षमा प्रवेश गर्दैछ । यस बैंकद्वारा प्रत्येक वर्षको वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै आएकोले यस २१ औं वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमहरूमध्ये कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।  

यो प्रवर्धनलाई अझ सशक्त बनाउने उद्देश्यले बैंकको कार्ड तथा डिजिटल भुक्तानी शाखाले तल उल्लेखित अभियानहरू प्रस्तुत गरेको छ । डेबिट र क्रेडिट कार्डको हकमा बैंकको वार्षिक उत्सवका अवसरमा चैत्र २० गते कुमारी बैंक लिमिटेडको कार्ड मार्फत पीओएस अथवा अनलाइनबाट भुक्तानी गर्ने पहिलो कारोबारमा २१ प्रतिशत वा अधिकतममा दुई हजार एक सयसम्म क्यास ब्याक प्रदान गरिनेछ । यो सुविधा एटीएमबाट पैसा झिक्दा लागू हुनेछैन । 

पहिलो पटक मोबाईल टपअप वा पहिलो क्युआर भुक्तानी गर्दा बैंकको वार्षिक उत्सवका अवसरमा कुमारी स्मार्ट मोबाईल बैंकिङ एप प्रयोग गरी पहिलो पटक मोबाईल टपअप गर्दा वा चैत्र २० गतेको दिन पहिलो क्युआर भुक्तानी गर्दा अधिकतममा २१० सम्मको क्यासब्याक प्राप्त हुनेछ । त्यस्तै, कुमारी बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा हेलिकप्टर (सिम्रिक एयर) मार्फत गोसाइँकुण्ड जाने कुमारी बैंकका ग्राहक समूहलाई हवाई यात्रामा अन्य दिनको कुल खर्च भन्दा १२ हजार ५ सय छुट प्रदान गरिनेछ । यो छुटको प्रावाधान वार्षिकोत्सवदेखि एक महिनासम्म प्राप्त गर्न सकिनेछ । र, लक्की ड्र मार्फत एक ग्राहकलाई दुबई भ्रमणको अवसर समेत रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस