aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मेगा बैंकको १ लाख २९ हजार कित्ता शेयर अन्य व्यक्तिमा विक्री गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
मेगा बैंकको १ लाख २९ हजार कित्ता शेयर अन्य व्यक्तिमा विक्री गरिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आव्हान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुलाई पहिलो प्राथमिकतामा राखी उक्त शेयर विक्री खुला गरेको थियो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएकाले यो शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागिएको जानकारी बैंकले दिएको हो ।

बैंकले सोमवार सुचना जारी गरी शेयर खरीद गर्न इच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।  
 

प्रतिक्रिया दिनुहोस