aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

प्रतितपत्र खोल्न वाणिज्य बैंकहरुलाई रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
प्रतितपत्र खोल्न वाणिज्य बैंकहरुलाई रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातका लागि आवश्यक पर्ने प्रतितपत्र(एलसी) खोल्न काठाइ गरेको  छ । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी लगायतका विलासीका बस्तु आयातको एलसी रोक्न निर्देशन दिएको हो ।

विलासी बस्तुहरुको आयात बढेको भन्दै राष्ट्र बैंक सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई एलसी खोल्न कडाइ गर्न निर्देशन दिएको हो । बाणिज्य बैंकहरुलाई एलसी खोल्न कडाइ गर्दै अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्न निर्देशन दिएको छ ।  

बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएर वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम भए नभएको जानकारी लिएको थियो । 

प्रतिक्रिया दिनुहोस