aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
कुमारी बैंकको २१ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० औं वर्ष सफलतापुर्वक सम्पन्न गरी २१ औंै वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवंम अन्य स्वयम सेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका छन् । देशमा स्वास्थ उपक्षर्को लागि आवश्यक रगत आपुर्तिमा उक्त कार्यकमबाट सन्कलित रगतबाट केही सहज हुनेमा आयोजक विश्वस्त रहेको छ । 

कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग मार्फत ग्राहक वर्गको सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ । साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी बिश्वासनिय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता जनाएको  छ । 


 

प्रतिक्रिया दिनुहोस