
काठमाडौं । नयाँ सारथि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत २३ गते देखि २०७९ बैशाख १० गते सम्म बुक क्लोज गरेकाले मंगलवार चैत २२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले बैशाख १० गते साधारण सभा गर्ने जानकारी गराएको छ । सभा प्रधान कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे हुने जानकारी गराएको हो ।
सभाले एफपीओ निष्कासन गर्ने र यस कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ती गर्ने वा प्राप्ती हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितीलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस