aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो ६१ पृष्ठ लामो सुझाव (प्रतिवेदन सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
अर्थतन्त्र सुधारका लागि राष्ट्र बैंकले सार्वजनिक गर्यो ६१ पृष्ठ लामो सुझाव (प्रतिवेदन सहित)

काठमाडौं। नेपाल राष्ट्र बैंक विदेशी विनिमय सञ्चिति कम हुन नदिने उपायमा आयात नियन्त्रणको निष्कर्ष निकाल्दै सरकारलाई सुझाव दिएको छ । मंगलबार ६१ पेजको अध्ययन प्रतिवेदन सार्वजनिक क्षेत्र तोकेर नै सुझाब दिएको हो । 

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर करिब ३०० बस्तुको आयातको प्रतितपत्र नखोल्न मौखिक निर्देशन दिएको थियो । विदेशी सहयोग र दीर्घकालिन अवधिको वैदेशिक ऋण तथा लगानीलाई आर्कषण गर्ने उपाय गरिनु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

उर्जा क्षेत्र, औद्योगिक उत्पादन, पर्यटन क्षेत्रमा कस्तो नीति भन्ने सम्मको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै रेमिटेन्स सुधार, वैदेशिक लगानी र मौद्रिक ब्यवस्थापन कसरी गर्ने भनेरसमेत सुझाब दिइएको छ ।

गैरआवासीय नेपालीको विदेशी लगानीलाई फिर्ता लैजाने र फिर्ता नलैजाने गरी दुई भागमा विभाजन गरिएको छ ।  र फिर्ता नलैजाने लगानीलाई बैंकिङ्ग प्रणालीमार्फत् आएको आधारमा लेखांकन गर्ने ब्यवस्था मिलाउन पनि सुझाब दिइएको छ ।

वैदेशिक लगानी आकर्षित गर्न न्यूनतम् ७० प्रतिशत स्थानीय कच्चा पदार्थ एवम् श्रम उपयोग गर्ने स्वदेशी तथा विदेशी लगानीमा स्थापित नयाँ उद्योगलाई निश्चित समयका लागि आयकरमा सहुलियत प्रदान गर्ने सुझाब पनि दिइएको छ ।

नेपालीले विदेशबाट नेपालमा आफन्तलाई रकम पठाउँदा एक निश्चित रकम भन्दा बढी बैंक खाता मार्फत् मात्र पठाउनु पर्ने अनिवार्य व्यवस्था लागु गर्ने पनि सुझाब दिइएको छ ।

प्रतिक्रिया दिनुहोस