
काठमाडौं । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको अवधिमा बैंकको खुद मुनाफा २ अर्ब ६१ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनाभन्दा १८ दशमलव ७७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा नाफा ३ अर्ब २१ करोड ५६ लाख रुपैयाँ कमाएको थियो ।
९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले प्रिमियम ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ, रिर्टन अर्निङ ३ अर्ब १ करोड ८६ लाख रुपैयाँ र जगेडा १३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा १ खर्ब १७ अर्ब २० करोड ७ लाख रुपैयाँ संकलन गरी कर्जा ९२ अर्ब ४१ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलना बैंकले निक्षेपमा १८ दशमलव १८ प्रतिशतले र कर्जामा २२ दशमलव ६६ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको खुद व्याज आम्दानी ३ दशमलव २५ प्रतिशतले घटेर ६ अर्ब १७ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६ दशमलव १८ प्रतिशतले घटेर ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा दुवैमा घटेको हुँदा नाफा पनि घटेको हो ।
नेपाल बैंकको निष्कृय कर्जा २ दशमलव ५८ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १७ दशमलव ४१ प्रतिशत, प्रतिशेयर आम्दानी २७ दशमलव १५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ११२ दशमलव ३७ गुणा, प्रतिशेयर नेटवर्थ ३०० दशमलव ०५ रुपैयाँ र तरलता अनुपात २८ दशमलव ७३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस