aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा १५ प्रतिशतले वृद्धि

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ३१ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा १५ दशमलव ०६ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २६ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।

३७ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले जगेडाकोषमा ८८ करोड रुपैयाँ छुटाएको छ । जसले कर्जामा १० अर्ब ६ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको खुद व्याज आम्दानी १७ दशमलव ७२ प्रतिशतले बढेर ७५ करोड २० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४ दशमलव ६२ प्रतिशतले बढेर ४८ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ । 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको निष्कृय कर्जा शुन्य दशमलव ४७ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १२ दशमलव २९ प्रतिशत, प्रतिशेयर आम्दानी ८२ दशमलव १९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ६२ गुणा, तरलता अनुपात ५ दशमलव २५ प्रतिशत र प्रतिशेयर नेटवर्थ ३३३ दशमलव ०३ रुपैयाँ रहेको छ ।


 

प्रतिक्रिया दिनुहोस