काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलको ३ लाख ९८ हजार ७५ दशमलव ०४ कित्ता संस्थापक शेयर चैत २३ गतेदेखि विक्रीमा आएको छ । बैंकले विभिन्न ६ जना सदस्यहरुको नाममा रहेको उल्लेखित शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरि विक्रीमा ल्याएको हो ।
प्रतिकित्ता रू. १८० तोकिएको यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बैंकको केन्द्रिय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ । बैंकको अनुसार आगामी ३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने भएको हो ।
यो अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा उल्लेखित शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
प्रतिक्रिया दिनुहोस