
काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्ममा आईपुग्दा खुद नाफा ५ करोड ९७ लाख रुपैयाँ कमाएको छ । जुन गतवर्षको सोहिअवधिको तुलनाभन्दा नाफा ४९ दशमलव १५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ४ करोड रुपैयाँ कमाएको थियो ।
२१ करोड रुपैयाँ चुक्ता पुँजी भएको समीट लघुवित्तले जगेडाकोषमा १० करोड ५१ लाख रुपैयाँ छुटाएको छ । जसले कर्जामा १ अर्ब ५८ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ ।
समीट लघुवित्तको खुद व्याज आम्दानी ३८ दशमलव ९३ प्रतिशतले बढेर १५ करोड ७२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५० प्रतिशतले बढेर ९ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ ।
समीट लघुवित्तको निष्कृय कर्जा २ दशमलव २६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १८ दशमलव ५१ प्रतिशत, प्रतिशेयर आम्दानी २८ दशमलव ४३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ९४ गुणा, तरलता अनुपात १४ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १५० दशमलव ०७ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस